विनायकका विद्यार्थी राष्ट्रव्यापी स्क्र्याबल प्रतियोगितामा छनौट हुन सफल
मध्यपुर ठिमी भक्तपुर
शैक्षिक रुपान्तरणका लागि विद्यार्थीको सर्वाङ्गीण विकासलाई सर्वोपरि ठान्दै गुणस्तरीय एवं प्रगतिशील सोचको रूपान्तरित शिक्षा हुनुपर्दछ भन्ने मान्यता बोक्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरका विद्यार्थीहरु जिल्लाव्यापी स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा च्याम्पियन बन्न सफल भएका छन्। भक्तपुर जिल्लाव्यापी स्क्रावल च्याम्पियनसिप प्रतियोगितामा विनायकका विद्यार्थीहरू जिल्ला च्याम्पियन बनी राष्ट्रव्यापी स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा छनोट भएका हुन्। स्क्र्याबल क्लब अफ भक्तपुरको संयोजनमा तथा एडभान्स एकेडेमीको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पछाडि पार्दै विनायक शिक्षा निकेतनका तुलज प्रजापति र प्रतीक ढुंगेल जिल्लाबाट उत्कृष्ट नतिजा ल्याई जिल्ला च्याम्पियन बन्न सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनुभयो। सो प्रतियोगितामा मेधावी विद्यार्थी तुलज प्रजापतिले छ राउन्ड खेलमा छ वटै राउन्ड जितेर र अर्का खेलाडी प्रतीक ढुंगेलले ६ राउन्ड खेलमा पाँच राउन्ड जितेर जिल्ला च्याम्पियन बनी यही २०८१ कार्तिक ९ र १० गते गुल्मी जिल्लामा हुने राष्ट्रव्यापी स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा अन्य दुईजना विद्यार्थीका साथ भक्तपुर जिल्लाको प्रतिनिधित्व गरी सहभागी हुँदैछन्। विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आगामी कात्तिक ९ र १० गते गुल्मीमा हुने राष्ट्रव्यापी स्क्र्याबल च्याम्पियनमा पनि उत्कृष्टता हासिल गरी अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा सहभागिताका लागि शुभकामना व्यक्त गर्नुभयो।
No responses yet