Children’s Day 2081
मध्यपुरका अग्रणी विद्यालय विनायक शिक्षा निकेतनले बाल दिवस २०८१ धुमधामसँग मनायो
मध्यपुर ठिमीस्थित अग्रणी विद्यालय, विनायक शिक्षा निकेतनले यस वर्षको बाल दिवस २०८१ उल्लासमय वातावरणमा मनाएको छ। कार्यक्रममा कक्षा १ देखि १२ सम्म्मका उत्कृष्ट विद्यार्थीहरूलाई चयन गरी सम्मानित गरिएको थियो। बालबालिकाहरूले परम्परागत भेषभूषामा सजिएर विद्यालय परिसरमा आयोजित र्यालीमा खुसीपूर्वक सहभागिता जनाएका थिए। उनीहरूले बाल दिवस सम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
विद्यालय परिसरमै विभिन्न कक्षाका छात्र-छात्राहरूले समूहगत रूपमा नृत्य प्रदर्शन गरेका थिए, जसले सम्पूर्ण कार्यक्रममा उत्साह थपेको थियो। विद्यार्थीहरू विद्यालयको यो विशेष कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै रमाएका थिए, विशेषगरी शिक्षक तथा विद्यालयको तर्फबाट प्रदान गरिएको सरप्राइज उपहारले उनीहरूलाई थप खुसी बनायो।
कार्यक्रमका संयोजकले भने, “यस कार्यक्रमको उद्देश्य हाम्रा प्रत्येक विद्यार्थीहरू विशेष छन् र उनीहरू बराबरीका साथ सिक्ने, खेल्ने र अध्ययन गर्ने हकदार छन् भन्ने सन्देश दिनु हो। विद्यार्थीहरूको हितका लागि विद्यालयले सधैं उत्कृष्ट काम गर्दै जाने पनि उहाले बताउनु भयो
No responses yet