Teej Special Program 2081

मध्यपुर ठिमी भक्तपुर संस्कृति हरेक देशको निधि हो, गौरव ,मान सम्मान र प्रतिष्ठा हो। संस्कृति बचे मात्र स्वाभिमान र पहिचान बाँच्न सक्छ भन्ने उद्देश्य बोकी मध्यपुर ठिमी भक्तपुरमा शिक्षा सभ्यता र संस्कृतिको त्रिवेणी बनी शिक्षाको उज्यालो ज्योति छरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले भाद्र २० गते हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा विद्यालय स्तरीय र प्लस टु स्तरीय तीज नृत्य प्रतियोगिताको आयोजना गर्याे । विनायक अतिरिक्त क्रियाकलाप विभाग र विनायक भित्र रहेका विभिन्न १० वटा बाल क्लबहरूको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराई तथा प्लस टु संयोजक तुलसी हरि प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले समावेशी संस्कृति, तीज र यसको पौराणिक महत्व एवं असत्यमाथि सत्यको विजय भएको हरितालिका पर्वका विषयमा चर्चा गर्दै सबैलाई तीजको शुभकामना व्यक्त गर्नुभएको थियो। कक्षा ४ देखि ७ सम्म एवं कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू बीच जुनियर र सिनियर समूहमा विभाजित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक अमर कृष्ण चन्द निर्णायकको रूपमा रहनुभएको थियो। कक्षा ८, ९ र १० का विद्यार्थीहरूले अप्रतियोगी रूपमा सामूहिक तीज नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई सुनमा सुगन्ध थप्न सफल भएका थिए। कार्यक्रमको पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सकेमात्र सांस्कृतिक समृद्धि हुने भएकाले विद्यालयले स्थापना कालदेखि नै हरेक जातजातिको मौलिक संस्कृति जगेर्ना गर्दै जाने सोचको शिक्षा प्रदान गर्दै आएको र आफ्नो स्वाभिमान र पहिचानका लागि आआफ्नो क्षेत्रबाट लागिपर्न सबैलाई आग्रह गर्नुभयो। प्लस टु तह र विद्यालय दुवै तहका विद्यार्थीहरूमा सांस्कृतिक ज्ञान सञ्चार गर्न आयोजित उक्त नृत्य प्रतियोगितामा विद्यार्थीहरूले गीत संगीत प्रस्तुत गर्दै कविता समेत वाचन गरेका थिए

Categories:

Tags:

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *