उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
काठमाडौं, कार्तिक ७ – काठमाडौंको कोसमस एजुकेशनल ट्रेनिङ एन्ड रिसर्च सेन्टरले आयोजना गरेको उपत्यकाव्यापी चित्रकला प्रतियोगिता २०८१ मा विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगितामा कक्षा जेकेजीदेखि ५ सम्मका ७१ जना विद्यार्थीहरूले भाग लिएका थिए। प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धात्मक स्थानमा ५ जना विद्यार्थीहरू छनोट भएका थिए।
छनोटमा परेका विद्यार्थीहरूमा कक्षा जेकेजीकी दिव्याषा बोहरा, यूकेजीका क्रिसल ताक, कक्षा ५ का समार्थ श्रेष्ठ, कक्षा २ की श्रेयान प्रजापति र कक्षा ४ का सम्याक प्रजापति रहेका छन्। उनीहरूले प्रमाणपत्र र पदक प्राप्त गरेका छन्। साथै, कक्षा ४ की स्वस्तिका श्रेष्ठले सान्त्वना स्थान हासिल गर्दै पदक, ट्रफी र नगद पुरस्कार ३००० रुपैयाँ प्राप्त गरिन्।
यसैगरी, विनायक शिक्षा निकेतनले “सर्वोत्कृष्ट विद्यालय” उपाधि जित्दै ट्रफी प्राप्त गर्न सफल भएको छ। कार्यक्रमको सफल व्यवस्थापनका लागि विनायक शिक्षा निकेतनका उप-प्रधानाध्यापक प्रेमप्रसाद निरौला सरलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
No responses yet