बिनायकमा अन्तर्राष्ट्रिय दिवस मनाइयाे । हरेक बर्ष डिसेम्बर ८ काे दिन मनाइने ‘अन्तर्राष्ट्रिय महिनावारी दिवस’ मध्यपुर थिमिस्थित बिनायक शिक्षा निकेतनका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूले ‘महिनावारी अन्तरक्रिया कार्यक्रम’ का साथ मनाए । स्वस्थ जीवनका लागि महिनावारी ब्यवस्थापनकाे लक्ष्य राखी बिनायक शिक्षा निकेतन र युनिफाइड स्काउट क्युले संयुक्त अायाेजना गरिएकाे उक्त कार्यक्रममा कुल ४५ जना बिद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । युनिफाईड स्काउट क्र्युका श्री राेजी तामाङ्ग र रेश्मा प्रजापति, वमेन साईक्लिङ्ग नेपालका श्री अस्मिता राजबंशी र संजिता थापा तथा फ्रिडम कीट ब्यागका निर्मला श्रेष्ठले महिनावारीका विविध पक्षहरूकाे अभिमुखिकरण गर्नुभएकाे थियाे । फ्रिडम कीट ब्यागकाे तर्फबाट सहभागी सम्पूर्ण बिद्यार्थीहरूलाई महिनावारी प्याड र कप बितरण गरिएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा सहजीकरण बिद्यालय +२ संयाेजक श्री तुल्सीहरि प्रजापतिले गर्नुभएको थियाे ।

Tags: