मध्यपुर ठिमी भक्तपुर
शिक्षा- सीप र जीवन भोगाइसँग सम्बन्धित हुनुपर्दछ र शिक्षा- संस्कृति र मौलिक मान्यताहरू युग अनुसार रूपान्तरित एवं समावेशी हुनुपर्दछ भन्ने दृष्टिकोण लिएर अगाडि बढिरहेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ कार्तिक १४ गते विद्यालयका विभिन्न तहहरूका लागि मण्डला तथा देउसी भैलो प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्यो। विद्यालयको पूर्व प्रावि तह कक्षा १ देखि ३ सम्म तथा कक्षा ४ देखि १० सम्मका छुट्टाछुट्टै ब्लकमा आयोजित उक्त कार्यक्रममा आफ्नो आफ्नो तहका विद्यार्थीहरू सहभागी भई आआफ्ना क्षमता अनुसारका मण्डला निर्माण गरी देउसी भैलो कार्यक्रममा सहभागी भएका थिए। विद्यार्थीहरूमा सांस्कृतिक ज्ञान प्रदान गर्न, सांस्कृतिक रूपान्तरणबारे जानकारी दिन तथा समावेशी संस्कृतिलाई प्राथमिकताका साथ अगाडि बढाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पूर्व प्राथमिक तहमा म्ह:पुजासमेत गरिएको थियो। विद्यालयका अतिरिक्त क्रियाकलाप तथा विभिन्न क्लबहरूको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरू आफ्नो क्षमता अनुसारका मण्डला निर्माण गरी देउसी भैलो कार्यक्रममा रमाएका थिए। साथै सोही दिन विद्यार्थीहरूमा दीपावली पर्वको महत्व र गरिमा बुझाउने उद्देश्यले लक्ष्मी पूजा कार्यक्रम समेत आयोजना गरियो। सो कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समस्त नेपालीहरूको महान पर्व शुभ दिपावली, नेपाल सम्वत ११४५ तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरी संस्कृति हाम्रो मान-सम्मान र पहिचान भएकोले सांस्कृतिक संरक्षणमा लाग्नुपर्ने कुरा बताउँदै प्रतियोगितात्मक कार्यक्रममा विजेताहरूलाई पुरस्कार वितरण समेत गर्नुभयो।

Tags: