विनायकमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम

मध्यपुर ठिमी भक्तपुर
शिक्षालाई ज्ञानसँग जोड्दै व्यावहारिक, सीपमूलक र आत्मनिर्भर बन्न प्रेरित गर्ने प्रगतिशील सोचको उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८१ भाद्र १ गते डाइमण्ड हिल रिसोर्ट पनौतीमा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरूको लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रमको आयोजना गर्याे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्कृतिविद् गणेशराम लाछीको सभापतित्वमा तथा विद्यालयकी संस्थापक रत्नकेशरी लाछी प्रजापतिको प्रमुख अतिथ्यमा सो कार्यक्रम सञ्चालन भएको थियो। कक्षा १२ का विद्यार्थी सुसन मगरले औपचारिक रुपमा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई शब्दको मालाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा डीआई तथा ईसीए संयोजक रोशन कटुवालले विद्यार्थीको परिचय गराउनुभएको थियो भने संयोजक शैलेन्द्र भट्टराईले शिक्षक शिक्षिकाहरूको परिचय गराउनुभएको थियो।

विद्यालयका प्लस टु संयोजक तुलसीहरी प्रजापतिले विद्यालयका नीति नियमबारे जानकारी गराइएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले साहित्यिक शैलीमा विद्यार्थीहरूलाई प्रतिबद्धता एवं शपथ गराइएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीले खादा ओडाएर स्वागत गर्नुभएको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले हालसम्म प्राप्त गरेका विविध गतिविधिहरूको जानकारी गराउँदै विनायक प्रतिभाहरू प्रस्फुटन गराउने उत्कृष्ट थलो भएको र प्रतिभा उत्पादन केन्द्र भएकोले सम्पूर्ण विद्यार्थीहरुले आफूभित्र भएको प्रतिभा उजागर गर्न विद्यालय सदैव लागि परेको र गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर नराख्ने कुरा बताउनुभयो ।कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेका थिए।

Categories:

Tags: