मध्यपुर ठिमी ,भक्तपुर वैज्ञानिक शिक्षा आजको आवश्यकता: शैक्षिक उत्कृष्टता विनायकको विशेषता मान्दै युगानुकूल, स्तरीय र वैज्ञानिक शिक्षा प्रदान गरी दक्ष ,प्राविधिक र आत्मनिर्भर नागरिक निर्माण गर्न स्थापनाकालदेखि लागि परिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी, भक्तपुरले यही २०८१ मङ्सिर २१ गते रोबोटिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण सामग्रीहरूको प्रदर्शनी कार्यक्रमको आयोजना गर्यो। विद्यार्थीहरुलाई एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिबारे परिचित गराउने तथा समाजमा परम्परादेखि प्रयोग गरिरहेका तर हाल लोपन्मुख अवस्थामा रहेका पुरातात्विक मूल्य र मान्यता अनुसारका सामग्रीहरू प्रदर्शन गर्दै विद्यार्थीहरुलाई प्रयोगात्मक तथा जीवनपयोगी कुराहरू सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएको तथा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विज्ञान र प्रविधि प्रयोग गरी आफूले बनाएका२४ओटा रोबोटिक प्रोजेक्ट तथा आफ्नो घरमा भएका पुरातात्विक दृष्टिले महत्त्वपूर्ण करिब २०० वटा प्राचीन सामग्रीहरू समेत प्रदर्शन गरी त्यसको वैज्ञानिक, प्राविधिक, ऐतिहासिक र पुरातात्विक महत्वका बारेमा प्रकाश पारेका थिए। विशेष गरेर मध्यपुर ठिमीमा पहिलोपटक औपचारिक रूपमा रोबोटिक कक्षा सञ्चालन गरी रोबोटिक प्रदर्शनी गर्न सफल विद्यालय विनायक शिक्षा निकेतन बन्न सकेकोमा उपस्थित अतिथि अभिभावक तथ शुभचिन्तकहरूले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमलाई भव्य र सभ्य सफलताको शुभकामना दिएका थिए।

Tags: