विनायक शिक्षा निकेतनमा गणित क्लब गठन
मध्यपुर थिमिको विनायक शिक्षा निकेतनमा कात्तिक ९ गते गणित क्लबको गठन गरिएको छ। क्लबको अध्यक्षमा कक्षा १० की मोनिका प्रजापति, उपाध्यक्षमा कक्षा ९ का आश्रि प्रजापति, सचिवमा कक्षा १० की इदिस्ता प्रजापति, र कोषाध्यक्षमा कक्षा 8 की स्पर्शा श्रेष्ठ चयन भएका छन्। क्लबका अन्य सदस्यहरूमा कक्षा 8 बाट प्रगम श्रेष्ठ र परिशा मानन्धर कक्षा 9 बाट दिलेश प्रजापति, रेजिन श्रेष्ठ, एस्ट्रिना प्रजापति, अस्मिता मगर र रनव प्रजापति र त्यसैगरी कक्षा 10 बाट शशिन श्रेष्ठ, लुजुन श्रेष्ठ रहेका छन्।
विद्यालयको पुस्तकालयमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षकहरू शिवहरि प्रजापति, शैलेन्द्र कुमार भट्टाराई, सुजन कार्की, र दिपेन्द्र दंगालको उपस्थिति थियो भने, गणित शिक्षक नरेन्द्र प्रजापतिको संयोजनमा कार्यक्रम सम्पन्न भयो।
शिक्षकहरूले क्लब गठनको अवसरमा विद्यार्थीहरूलाई गणितको महत्त्वका विषयमा छोटो प्रेरणादायक मन्तव्य दिनुभएको थियो । गणित शिक्षक नरेन्द्र प्रजापतिले भन्नुभयो, “गणित हाम्रो दैनिक जीवनको एउटा आधार हो। गणित क्लबको माध्यमबाट हाम्रा विद्यार्थीहरूमा गणितप्रतिको जिज्ञासा र आत्मविश्वास बढाउनेछ।” अन्य शिक्षकहरूले पनि गणित क्लबले विद्यार्थीहरूको सिर्जनशीलता र समस्यासामाधान क्षमतामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।