खेलकुद मार्फत बिद्यार्थीलाई अनुशासित बनाउने उद्देश्यले बिद्यालयकाे वार्षिक क्यालेन्डर अनुसार बिनायक +२, अन्तर-सदन फुटसल प्रतियोगिता – २०८१ सभ्य तथा भव्य रूपमा सम्पन्न भयाे । स्थानीय निकाेसेरास्थित “ड्रिम सिन्धु फुटसल”मा कक्षा ११ र १२ का बिद्यार्थीहरूकाे ५ वटा टिमहरूबीच भएकाे उक्त प्रतियोगितामा “टिम सिद्धिकाली” प्रथम तथा “टिम TOPI FC” द्वितीय हुन सफल भए । बिजेता खेलाडीहरूलाई प्रमाण-पत्र, पदक र खादाले सम्मान गर्दै बिद्यालयका शैक्षिक संयाेजक श्री शैलेन्द्र कुमार भट्टराईले खेलकुदले मित्रता एवम् भातृत्व बिकासमा विशेष याेगदान दिने बिचार व्यक्त गर्नुभयो । बिद्यालयका फुटबल काेच श्री मदन खत्रीकाे संयाेजन र रेफ्री चन्दन चाैधरीकाे सहयाेगमा चलेकाे खेल निकै राेमाञ्कारी भयाे । +२ संयाेजक श्री तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रम ECA संयाेजक श्री राेशन कटवालले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलकिपर तथा उत्कृष्ट गाेलकर्ताहरूलाई पनि सम्मान गरिएकाे थियाे ।