विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा अतिरिक्त क्रियाकलाप र पाठगत क्रियाकलापमा जोड दिँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन ई. स्कुलले यही २०८२ जेष्ठ २३ गते अङ्ग्रेजी हिज्जे प्रतियोगिता ( Spelling contest )को आयोजना गर्याे ।विशेष गरेर कक्षा १ ,२ र ३ का विद्यार्थीहरूमा अङ्ग्रेजी भाषाका शब्दहरूको भण्डार बढाउने तथा ती शब्दहरूको हिज्जेबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राइमरी संयोजक रुकेश प्रजापतिले बताउनुभयो ।कक्षा १ देखि ३ सम्म अध्ययनरत जम्मा १८० जना विद्यार्थीहरूबाट उत्कृष्ट १६ जना विद्यार्थी छनोट गरी चार समूहमा बाँडेर सुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन तथा पुरस्कार वितरण विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले गर्नुभएको थियो । साथै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीले अतिरिक्त क्रियाकलाप एवं पाठगत क्रियाकलापबाट व्यावहारिक तथा प्रयोगात्मक ज्ञान सिकाउन र सकिने भएकोले विद्यालयले यी यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको कुरा बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। स्पेलिङ सोधेर सुरु गरिएको सो कार्यक्रम कक्षा १ देखि ३ सम्म अध्यापनरत शिक्षिकाहरूको संयोजनमा आयोजना गरिएको थियो।








