विश्व धुमपान रहित दिवश, जेष्ठ १७ अर्थात World No Tobacco Day, 31 may को उपलक्ष्यमा Vinayak ECO club को आयोजनामा जनचेतना मुलक र्याली कार्यक्रमको आयोजना गरियो।उक्त कार्यक्रममा कक्षा ६,७ र ८ का विद्यार्थी लगभग १५० भाईबहिनीहरु सहभागी भएका थिए। Rally बिद्यालयबाट शुरु भै भुलांखेल, चोदे, सिवाटोल हुन्दै बालकुमारी , दिगुली चपाचो गुङ्गचिवाबाट बिद्यालय मै समापन गरियो। र्यालीसंगै ,,,बाटोमा धूम्रपान गरिरहनु भएका महानुभावहरुलाई धूम्रपानको असरबारे सम्झाउदै ECO Club का सदस्य भाइबहिनीहरुले चुरोट खैनी तथा सुर्तीसंग चकलेट साटासाट गरि दिर्घ आयुको कामना गरिएको थियो। र्याली शुरुका लागि ECO club का president चार्बी बाडे र Vice president आरुश श्रेष्ठले धुम्रपानको बारे मन्तब्य ब्यक्त गरे साथै बिद्यालयका इन्चार्ज श्री शैलेन्द्र कुमार भट्टराइ ज्युले धूम्रपान रहित स्वस्थ समाज आजको आवश्यकता भएको कुरा ब्यक्त गरि रिवन काटी र्याली उद्घाटन गर्नुभयो।

Tags: